कर्णाली प्रदेश सरकारको प्रगति: ६ महिनामा ७.३९ किमि सडक कालोपत्रे

२३ फागुन, सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गतको परियोजना सञ्चालित १० जिल्लामध्ये ४ जिल्लाले मात्रै आर्थिक वर्षको पहिलो ६ महिनामा सडकहरु कालोपत्रे गरेका छन्।

भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको परियोजना सञ्चालित १० जिल्लामा रहेका कार्यालयहरुमध्ये ४ जिल्लामा मात्रै सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी भीम कार्कीले बताए।

उनका अनुसार कालोपत्रे गर्ने जिल्लामा सुर्खेत, दैलेख, रुकुम, जुम्ला, दैलेख र सल्यान रहेका छन्।

गत साता मन्त्रालयमा आयोजना गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको विवरणअनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ६ महिनाको अवधिमा ४.१२ किलोमिटर सडक कालोपत्रे गरेको छ। उक्त कार्यलयले ९ किलोमिटर ग्राभेल गरेको छ भने सोही अवधीमा यो कार्यालयले १०.९८ किलोमिटर नयाँ सडक खनेको छ। निर्देशनालयले वितेको ६ महिनामा एउटा पुल निर्माण गरेको हो।

यस्तै, पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमले ९०० मिटर सडक कालोपत्रे गरेको छ। साढे ५ किलोमिटर सडक ग्राभेल गरेको कार्यालयले १९ किलोमिटर नयाँ सडक खनेको छ।

पूर्वाधार विकास कार्यालय जुम्लाले २०० मिटर सडक कालोपत्रे गरेको छ। साढे १ किलोमिटर सडक ग्राभेल गरेको यो कार्यालयले १३ किलोमिटर नयाँ सडक निर्माण गरेको छ।

हुम्लाले १२ किलोमिटर सडक ग्राभेल गर्दा २ किलोमिटर सडक नयाँ निर्माण गरेको छ।

पूर्वाधार विकास कार्यालय डोल्पाले ४५.५ किलोमिटर सडक नयाँ खनेको छ। यहाँ ग्राभेल र कालोपत्रेको काम भएन।

जाजरकोटमा पनि ३५ किलोमिटर नयाँ सडक खनिएको सूचना अधिकारी कार्कीले बताए।

पूर्वाधार विकास कार्यालय दैलेखले ६ महिनामा १७० मिटर कालोपत्रे गर्दा ४ हजार १०० मिटर सडक ग्राभेल गरेको छ भने ३८.३ किलोमिटर सडकको ट्रयाक खोलेको हो।

पूर्वाधार विकास कार्यालय सल्यानले २ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ७ किलोमिटटर ग्राभेल र ८ किलोमिटर नयाँ ट्र्याक खोलेको छ।

पूर्वाधार विकास कार्यालय मुगुले ८ किलोमिटर र कालिकोटले १९ किलोमिटर नयाँ सडक खनेका छन्। रुकुम पश्चिमले साढे १५ किलोमिटर ग्राभेल तथा ४९.८ किलोमिटर नयाँ ट्रयाक खोलेको छ।

वितेको ६ महिनामा मन्त्रालय मातहतका कार्यालयहरुले कुल ७.३९ किमि सडक कालोपत्रे, ५४.६ किलोमिटर ग्राभेल तथा २६०.५८ किलोमिटर नयाँ ट्रयाक खोलेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment