हुण्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

१५ फागुन, काठमाडाैं । हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले विद्युतीय गाडीमा एक्सचेन्ज अफरको घोषणा गरेको छ । हुन्डाईले “Upgrade your Electric Journey with IONIQ 5” भन्ने नारा सहित एक्सचेन्ज अफर सुरु गरेको हो ।

कुनै पनि विद्युतीय गाडी हुन्डाईको विद्युतीय गाडीसँग साट्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले जनाएको हो । यो योजनामा कोनाको न्युनतम एक्सचेन्ज मुल्यांकन ४० लाख कायम गरिएको छ, जुन हालसम्म कै उच्च हो ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक ५ को फाइदा उठाउन सक्नेछन् ।

प्रतिस्पर्धात्मक विद्युतीय सवारी साधनको बजारमा हुन्डाईले फ्युचरिष्टीक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ ।

एक्सचेन्ज अफर योजना नेपालभरीको हुन्डाई सोरुमहरुमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

यस कम्पनीले परिवर्तनशिल नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ्ग स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment