अदालतको अवहेलना मुद्दामा प्रहरी परिसर काठमाडौं र एसपी रमेश बस्नेत दोषी ठहर

१२ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश बस्नेत दोषी ठहर भएका छन्। बस्नेत जिल्ला प्रहरी परिसर काठमाडौंमा डीएसपी रहेको बेला २०७२ असार ४ गते अदालतको अवहेलना गरेको विषयमा मुद्दा परेको थियो।

उक्त मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले हाल एसपी भएका बस्नेत र परिसर काठमाडौंलाई दोषी ठहर गरेको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले बस्नेतलाई दोषी ठहर गरेको हो।

२०७२ सालमा बस्नेत मुद्दा फाँटको डीएसपीमा कार्यरत थिए। जगतमाया श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले बस्नेत र काठमाडौं प्रहरी परिसरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको १७ सुनुवाइमा बस्नेत र परिसरलाई सर्वोच्चले दोषी ठहर गरेको हो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment