कोरोना विरुद्धको थप ३ लाख ४५ हजार डोज खोप आइपुग्यो

११ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौं ल्याइएको हो ।

फागुन १, ८ र ११ गते गरी तीन चरणमा साढे १३ लाखभन्दा बढी डोज सो खोप काठमाडौं आइपुगेको छ । बाँकी खोप फागुन १५ गते ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

त्यस्तै थप १५ लाख डोज आउँदो मार्चमा पठाउने कोभ्याक्सले जानकारी गराएको शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए । यसअघि ल्याइएको खोप गण्डकी, लुम्बिन, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पठाइएको चौरसियाले जानकारी दिए ।

१२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई ‘बुस्टर’का रूपमा दिन लागिएको सो खोप ‘वाइभ्यालेन्ट’ले ओमिक्रोन र यसका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment