बुधबार सुन कतिमा हुँदैछ कारोबार ?

१० फागुन, काठमाडाैं । मंगलबार २०० रुपैयाँले सस्तिएको सुन बुधबार भने स्थिर बनेको छ ।

बुधबार चाँदीको भाउ भने ५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

तेजावी सुन भने १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदी आज तोलाको १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३६ र चाँदी प्रतिऔंस २१.८२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment