पाशुपत योग दिवश महाशिवरात्रि २०७९

०६ फागुन, काठमाडाैं । ईश्वर सदाशिवले सनकादि ऋषिमुनिलाई भन्नू भएको योगको नाम पाशुपत योग हो । स्वामी सच्चिदानन्द विशुद्धदेवका सन्न्यासी शिष्य महात्मा सुशील तीन दसक भन्दा बढी श्रीपशुपति क्षेत्रमा रहेर पाशुपत योगको उत्थान एवं जागरण कार्यमा निरन्तर लाग्नुभएको छ ।

उहाँले विगत २०६८ सालमा जिल्ला प्रशासन कार्यलय काठमाडौंमा यस योगलाई दर्ता पनि गर्नुभयो ।

सम्पूर्ण नेपाल र नेपालीका योगको नाम पाशुपतयोग हो । यो श्रीपशुपतिनाथको योग हो । सृष्टि क्रमदेखि नै पाशुपत योग दिवश भगवान् शिवका साथ सम्पूर्ण ऋषिमुनिहरबाट मनाउँदै आएको योगलाई महात्मा सुशीलबाट विगत २०६५ सालदेखि महाशिवरात्रि पावन पर्वमा पाशुपत योग दिवश ठुलो शभाको साथ मनाउँदै आउनु भएको छ ।

यस २०७९ सालको महाशिवरात्रि पावन पर्वमा कागेश्वरी, मनोहरा, नगरपालिका वडा नं ८ गोठाटार, हरिहरधाम, काठमाडौं, नेपालमा श्रीपाशुपत योग तथा ध्यान आश्रमको समुद्घाटन पतञ्जल योग काठमाडौं जिल्ला समितिका अध्यक्ष श्रीसुरेन्द्र रिमालज्यूबाट ठुलो सभाका साथ भयो । ॐ नम: शिवाय ॥ मन्त्र जपबाट स्वाहा देवयज्ञ कुण्डमा ५० जनाले गर्नुभयो ।

उक्त कार्यक्रममा पतञ्जल योगका विशेष अतिथि श्रीकिशोर दाहालज्यूबाट गुरु र शिवरात्रिको वर्णन गर्नुभयो । समाजसेवी ॐ नम: शिवायबाट चार महारात्रि सुखरात्रि, कालरात्रि, मोहरात्रि र महाशिवरात्रि छन् यी तप: का लागि उत्तम छन् भन्नुभयो । ईन्जिनियर श्रीसुरेश वज्राचार्यज्यूबाट चेतनाको शुद्धीकरणबाट नै अध्यात्मको ढोका खुल्छ भन्नुभयो । बीचमा श्रीमती भगवतीज्यूबाट शिव स्तुति गर्नुभयो । पतञ्जल योगका ददिराम बञ्जरा र अन्य योगीहरूबाट भजन, किर्तन, पातञ्जल योग र महाशिवरात्रि सम्बन्धि मन्तव्य दिनुभयो ।

प्रमुख अतिथि श्रीसुरेन्द्र रिमालज्यूबाट पाशुपत योग र पातञ्जल योगमा कुनै भेद छैन । कृष्ण र शुक्लपक्षका दुबै तिथि भगवान् शिवको विशेष तिथि हो, त्यसमा पनि महाशिवरात्रि उहाँको सर्वश्रेष्ठ तिथि हो, जो आज सम्पूर्ण शिवभक्तहरले विश्वमा मनाउँदै छन् ।

अन्तमा सभाका सभापति महात्मा सशीलबाट हंसोपनिषद्को कुण्डलिनी ध्यान विधि र अन्य चर्चा गर्दै सभा विसर्जन भयो ।

उक्त कार्यक्रमको सञ्चालन श्रीचन्द्र सापकोटाज्यूबाट सभाको शोभा बढाउदै सुन्दर तरिकाले गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment