नेपाल टेलिकमले छाउनीका ग्राहकहरुलाई एफटीटीएच प्रविधिमा माइग्रेसन गर्दै

०५ फागुन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना छाउनी अन्तरगत हलचोक एरियाका ग्राहकहरुलाई एफटीटीएच प्रविधिमा लाने भएको छ।

कम्पनीले तामाकाे तारमा आधारित ल्याण्डलाइन का भ्वाइस तथा एडीएसएल सेवाहरुलाई फाइबर टू दी होम (एफटीटीएच) प्रविधिमा माइग्रेसन गर्ने भएको हो।

टेलिकमले कम्पनीको योजनाअनुसार माइग्रेसन हुन बाँकी रहेका टेलिफोन रेन्ज ०१४८८०XXX, ०१४८९०XXX २०१४८९१XXXX का ग्राहकहरूले ७ दिन भित्रमा दूरसञ्चार कार्यालय छाउनीमा सम्पर्क राख्न भनेको छ।

कम्पनीले आफ्नो पुरानो प्रविधि कपर बेस्ड ल्याण्डलाइन (पिएसटीएन) सेवा बन्द गरिने समेत जानकारी गराएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment