नायिका करिश्मा मानन्धरको उजुरीपछि पक्राउ परे डिल्लीराम खनाल

०५ फागुन, काठमाडौं । नायिका तथा एमाले नेता करिश्मा मानन्धरले साइबर अपराधको आरोपमा उजुरी दिएपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले खनाललाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको हो। साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले खनालमाथि अहिले सोधपुछ भइरहेको बताए। ‘अहिले हामी सोधपुछकै क्रममा छौं। पछि केही आएमा घटनाको बारेमा जानकारी गराउँछौं,’ रायले भने।

गत माघ २४ गते मानन्धरले खनालविरुद्ध उजुरी दिएकी थिइन्। सामाजिक सञ्जाल तथा युट्युबमा विवादित अन्तर्वार्ता दिँदै चर्चामा आएका खनालले आफूमाथि विवादित अभिव्यक्ति दिएको करिश्माले बताएकी छिन्।

खनालको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै नायिका मानन्धरले उजुरी दिएकी हुन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment