राष्ट्र बैंकबाट २.५ के.जी बिक्रेट बिक्री गर्न बोलपत्र आह्वान

०३ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नोटको बिक्रेट/स्रडेड टुक्रा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै २.५ लाख के.जी बिक्रेट टुक्रा बिक्री गर्ने बताएको हो ।

विराटनगर, पोखरा, जनकपुर, वीरगञ्ज, सिदार्थनगर, नेपालगञ्ज तथा धनगढिस्थित बैंकको प्रादेशिक कार्यालयहरुमा चलनचल्ती अयोग्य बैंक नोटहरु धुल्याउने क्रममा प्राप्त हुने बिक्रेट टुक्रा बिक्री गर्ने भएको हो ।

यसका लागि सम्भावित सबै खरिदकर्ताहरुबाट दरभाउ प्रस्ताव गरी मूल्य प्रतिस्पर्धाको आधारमा ब्रिक्री गर्ने निर्णय भएको हुँदा इच्छुक व्यक्ति फर्म वा कम्पनिहरुबाट २२ दिन (फागुन २५ गते) भित्र बैंकबाट दरभाउ प्रस्ताव गरी पेस गर्न बैंकले आग्रह गरेको छ । यस्तै बैंकले २२ औं दिन बिदा परेमा त्यसको भोलीपल्ट प्रस्ताव पेश गर्न सकिने जनाएको छ ।

सिलबन्दी दरभाउ प्रस्ताव गर्ने फारम मुद्रा व्यवस्थापन विभाग बालुवाटार, काठमाडौं वा कुनै पनि बैकको प्रादेशिक कार्यालयबाट खरिद गर्न सकिने जनाएको छ ।

आवेदकले पूरा गर्नुपर्ने सर्तहरु

१. सिलबन्दी दरभाउ प्रस्ताव २०७९ फागुन महिना २५ गते दिउँसो १२ बजेभित्र, नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग,बालुवाटार, काठमाडौं वा काठमाडौं बाहिर रहेका प्रादेशिक कार्यालयहरुमा बुझाउनुपर्नेछ ।

२. सिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने फारम दुई हजार (अक्षेरुपी २ हजार मात्र) भुत्तानी गरी मुद्रा व्यवस्थापन विभाग बालुवाटार, काठमाडौं वा काठमाडौं बाहिर रहेका प्रादेशिक कार्यालयहरुबाट खरिद गर्न सकिने छ ।

३. इच्छुक खरिदकर्ताले विभाग वा कार्यालय पिच्छे खरिद गर्न मञ्जुर गरेको परिमाण तासक फरक–फरक वा एकमुष्ट प्रस्ताव पेश गर्न सक्नेछन् ।
४.बिक्री हुने बिक्रेट टुक्रा सम्बन्धी थप जानकारी कार्यालय समय भित्र मुद्रा व्यवस्थापन विभागको आन्तरिक (सम्पर्क नं. ०१४४१०२०३ एक्टेक्सन १५७।१६४) वा सम्बन्धित प्रादेशिक कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ ।

५. सिलबन्धी दरभाउ प्रस्ताव पेश गर्ने प्रस्तावदाताले जमानत बाफत आफूले वार्षिक रुपमा खरिद गर्न कबोल गरेको बिक्रेट टुक्राको कुल परिमाणलाई त्रैमासिक रुपले गणना गर्न आउने परिमाणलाई आफुले पेश गरेको खरिद दरले गुणन गर्दा हुने रकमको न्यूनतम १० प्रतिशतले हुन आउने रकम बराबार यस बैंकको मुद्रा व्यवस्थापन विभागको सण्ड्री क्रेडिटर्स हिसाब नं. १३०९९०१-०११–०००–५२४ वा सम्बन्धित प्रदेशस्थित काया्र्रलयले तोकेको खाता नं.मा जम्मा गरेको सक्कल भौचर वा सो बराबरको सिलबन्दी दरभाउ बुझाउने अन्तिम मितिबाट कम्तिमा ७५ दिन अवधिका लागि जारी गरिएको बैंक ग्यारेन्टी समावेश गर्नु पर्नेछ ।

६. दरभाउ प्रस्ताव पेश गर्ने प्रस्तावदाता व्यक्ति भए निजले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा आफ्नो परिचय खुल्ने प्रमाणित कागजात र फर्म वा कम्पनी भए सो फर्म वा कम्पनिको इजाजत पत्र दर्ता प्रमाणपत्र (नविकरण गरिएको) र स्थायी लेखानम्बर लिएको वा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

७. तोकिएको समयावधि भित्र प्राप्त हुने सिलबन्दी दरभाउ प्रस्तावहरु संकलन गरी सबै प्रस्तावहरु मिति २०७९ साल चैत महिना ९ गते दिउँसो १२ः०० बजे मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा खोलिने छ ।

८. अन्य प्रस्ताहरु दरभाउ प्रस्ताव फारममा उल्लेख भए बमोजिम हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment