बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलन (फोटोफिचर)

०२ फागुन, काठमाडौँ । ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका थिए ।

अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका थिए भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका थिए ।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका थिए । दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

उनीहरुले बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका थिएनन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment