बुटवल पावरले ६ महिनामा कमायो २३ करोड नाफा

२५ माघ, काठमाडाैं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा २२ करोड ८७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा रहेकाे कम्पनीको नाफा २६.०३ प्रतिशत बढेको हो । विद्युत बिक्री आय खासै बढाउन नसकेको कम्पनीको वित्तीय आम्दानीमा सुधार हुँदा नाफामा आकर्षक सुधार भएको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गरेर ५ करोड ७३ लाख १० हजार रुपैयाँ कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १५.४९ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ९६ लाख २२ हजार रुपैयाँ थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १३ रुपैयाँ ४२ पैसा कायम भएको छ । कम्पनीको खुद नाफा बढेसँगै कम्पनीको वार्षिक प्रति सेयर आम्दानी पनि बढेको हो । गत आवको सोही अवधिमा कम्पनीको इपीएस ११ रुपैयाँ १८ पैसा थियो ।

कम्पनीले प्रकाशित गरेको पुस मसान्तको विवतरण अनुसार कम्पनीको सेयरधनी कोषमा ३ अर्ब ५६ करोड ७१ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २४.७३ गुणा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment