एम्बुलेन्स हस्तान्तरण

२५ माघ, काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)को सहयोगमा प्राप्त ३० वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । महासङ्घका महासचिव जगन्नाथ चापागाईंले मङ्गलबार आयोजित कार्यक्रममा २२ वटा जिल्ला शाखा र आठवटा उपशाखालाई ती एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । उहाँले आगामी दिनमा ४७ जिल्लाका लागि पनि एम्बुलेन्स व्यवस्थापनको पहल गरिने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६८ जिल्लाका २७५ स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले एम्बुलेन्स सेवा प्रभावकारी बनाउन समग्र प्रणाली सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख अजमत उल्लाले एम्बुलेन्स यातायातको साधन नभई जीवन बचाउने संयन्त्र भएकाले हाल उपलब्ध गराइएका एम्बुलेन्समा जीवन सुरक्षाका लागि अत्यावश्यक उपकरणसमेत जडान गरिएको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment