राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित, औपचारिक घोषणा आज

२३ माघ, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

आजका हुने भनिएको निर्वाचनका लागि सत्ता साझेदार दलबाट उनको मात्र एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् । तर यसको औपचारिक घोषणा भने मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट गरिनेछ ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । राष्ट्रिय सभाको आजको बैठकमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ ।

त्यसपछि सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएका अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए । २०४८ सालबाट राजनीतिमा होमिएका उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएका थिए



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment