ईसेवाबाटै अब नेपाल एयरलाइन्सको इन्टरनेसनल र डोमेस्टिक टिकट काट्न सकिने

१९ माघ, काठमाडौं । अब भुक्तानी सेवाप्रदायक ईसेवाबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को टिकट खरिद गर्न सकिने भएको छ । हालै ईसेवा वालेटमा यो सुविधा थप भएको हो ।

अन्य पेमेन्ट गेटवेहरूमार्फत पनि उडान टिकट खरिद गर्न मिल्ने गरी प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ । यसअघि नेपाल एयरलाइन्सको वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फत टिकट काट्ने सुविधा ल्याइएको थियो ।

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकट सेवामार्फत संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा सहजता हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment