मायाखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, छुट्यो कि !

१७ माघ, काठमाडाैं । मायाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयरमा आवेदन दिने आज माघ १७ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ देखि सर्वसाधारणमा १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। ।कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सिडीएस एण्ड क्लियरिङ्गका अनुसार माघ १६ गते सोमबारसम्म कम्पनीको सेयरमा १ अर्ब २६ करोड १३ लाख ९७ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख १३ हजार ९७० कित्ता सेयरको माग परेको छ । जुन सर्वसाधारणमा माग भएको सेयरको ६.३३ गुणा हो । कम्पनीको सेयरमा सोमबारसम्म १० लाख ९९ हजार २११ वटा आवेदन परेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment