प्रेमप्रसादको आत्मदाहबाट पाठ सिकौं : उपमेयर डंगोल

११ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएर मृत्यु भएका प्रेमप्रसाद आचार्यको घटनाबाट पाठ सिकेर गम्भीर ढंगले अघि बढ्नुपर्ने बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन, ‘काठमाडौं महानगरपालिकाको उपमेयरको जिम्मेवारीमा रहेको हैसियतले पनि मैले यो घटनालाई निकै गम्भीर र पीडादायी घटनाका रुपमा लिएको छु ।’

काठमाडौं महानगरपालिकामा ७७ जिल्लाबाटै आफ्नो सुन्दर भविश्यका इन्द्रेणी सपनाहरु बोकेर आउने भन्दै उपप्रमुख डंगोलले सबै आशाहरुलाई निरासामा बदलेर आत्मदह गर्ने खवरले पीडादायी र व्याकुल बनाएको बताएकी छिन् ।
डंगोलले यस्तो दुखद् घटनालाई राजनीतिक आग्रह-पूर्वाग्रहको रङ पोतेर, एकअर्कालाई दोषारोपण गरेर उम्किने छुट हामी कसैलाई नभएको पनि उल्लेख गरेकी छिन् ।

‘नयाँ पुस्तामा आशाको दियो बाल्दै गरेका बेला प्रेमप्रसादहरुको आत्मदहले राजनीतिक दलहरु मात्रै होइन, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि र मुलुकको समृद्धिको सपना बोकिरहेका हामी हरेक नेपालीले थप गहन र जिम्मेवार भएर सोच्नुपर्ने बेला भएको छ ।’

उनले प्रश्न गरेकी छिन्, ‘यो घटनाबाट अब पनि नसच्चिए कहिले सच्चिने ? यो घटनाबाट अब पनि पाठ नसिके कहिले सिक्ने ?’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment