बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् थपिने मन्त्री

११ माघ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्ता साझेदर दलहरूबीच भएको सहमति अनुसार उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

बागमती प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाएका छन्। यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १४ मन्त्रालयलाई घटाएर ११ बनाउने निर्णय गरेको थियो।

सोही अनुसार बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो। जसमा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

यस्तै, माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने तय भएको छ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी, राजु बिष्ट वन तथा वातावरण र उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको जिम्मेवारी पाउनेछन्।

नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनेछन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirushealthnepalNewsPolitic
Comments (0)
Add Comment