जनकपुरमा डिशहोम फाइबरनेटको वितरण शोरुम

११ माघ, काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण शोरुमको सुरुआत गरेको छ।

शोरुम उद्‌घाटन कार्यक्रममा डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सञ्जीव कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थिति थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ।

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुको माझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने जनकपुरका सञ्चालक सुनिल महतोले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment