ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै

१० माघ, दाङ । तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर संकलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्यांकन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो।

नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ। उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ। कार्यपालिकाको छैटौं बैठकले १२औं नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए।

घर हटाइँदै
यस्तै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्वतर्फ रहेका तीनवटा पक्की घर सम्बन्धित घरधनी आफैंले हटाउने भएका छन्। केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले बताए।

तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर–१८ मानपुर निवासी अमर नेपाली र उनका एक जना आफन्तीको गरी तीनवटा पक्की छन्। उनीहरुले नै घर आफैं भत्काउने गरी तयारी गरेको इञ्जिनियर योगीले बताए



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment