कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१० माघ, काठमाडौं । मंगलबार बिहान कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।

बिहान पौने सात बजे अन्डर पास नजिकै बा प्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि घाइते भएका छन्। उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment