राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

०९ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ उनले भने, ‘यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौ ।’

उनले राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता महतले जानकारी दिए ।

बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो ।

यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो ।

राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा नै टुंग्याउनेगरी तयारी अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment