टाटाले लञ्च गर्यो नयाँ विद्युतीय कार, १६ लाख भारुमै उपलब्ध

०८ माघ, काठमाडौं । भारतीय अटोमेकर कम्पनी टाटाले नयाँ मोडलको विद्युतीय कार लञ्च गरेको छ ।

टाटाले नेक्सन इभी म्याक्स एक्सएम भारतीय बजारमा लन्च गरेको हो । उक्त मोडलका कारहरुको मूल्य १६ लाख ४९ हजार भारु रहेको छ ।

नेक्सन इएभी म्याक्स मोडलका अन्य विद्युतीय कारहरु पनि टाटाले लन्च गरिसकेको छ । तथापि एक्सएम मोडललाई अरु मोडलदेखि भिन्न बनाउने केही फिचरहरु कारमा उपलब्ध रहेका छन् ।

के–के छन् एक्सएम मोडलका फिचर ?

नेक्सन इभी म्याक्स एक्सएममा ४०.५ किलोवाटको ब्याट्री उपलब्ध रहेको छ । जसलाई चार्ज गर्न दुई विकल्पहरु रहेका छन् । ३.३ किलोवाटको एसी वाल बक्स र ७.२ किलोवाटको एसी फास्ट चार्जर एक्सएम मोडलमा उपलब्ध छ ।

यसका साथै कारमा चार तहको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली रहेको छ । एक्सएम मोडलका कारहरुले १४१ ब्रेकहर्स पावर र २५० न्युटनमिटर बराबरको टर्क जेनेरेट गर्न सक्ने छन् ।

कारमा प्रोजेक्टर हेडलाइट उपलब्ध छ जसमा एलइडी डीएलआर जडान गरिएको छ भने टेल लाइटमा एलइडी लाइट जडान छ । एक्सएम मोडलका कारहरुले एक पटकको चार्ज पछि ४५३ किलोमिटर बराबरको रेन्ज दिने कम्पनीले जनाएको छ ।

नेपालमा पनि टाटाको नेक्सन मोडलमा विद्युतीय कारहरु उपलब्ध छन् । तर हालै भारतीय बजारमा लन्च भएको एक्सएम मोडल नेपाली बजारमा आउन भने समय लाग्ने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment