बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

०७ माघ, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लोकमान गुरुङ पक्राउ परेका छन्। धादिङ गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङ बिहीबार दिउँसो पक्राउ परेका हुन्।

उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment