लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

०५ माघ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।

उनको प्रस्तावको पक्षमा प्रदेश सभाका ५७ जना सांसदले मत दिए। यस्तै, विपक्षमा २८ मत पर्‍यो। लुम्बिनी प्रदेश सभामा हाल ८७ जना प्रदेश सभा सदस्य रहेकोमा बिहीबारको बैठकमा सभामुख बाहेक ८५ जना उपस्थित रहेका थिए।

प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत र लोसपाका सांसद्‌को समर्थन रहेको छ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता रहेका गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment