मलेसियाले १५ वटा मुलुकबाट ५ लाख आप्रवासी कामदार भित्र्याउने

०५ माघ, काठमाडाैं । मलेसियन सरकारले पाँच लाख आप्रवासी कामदार भित्र्याउने भएको छ । मलेसियाका मानव शंसाधन मन्त्री भि सिभाकुमारले विभिन्न पाँच वटा क्षेत्रका लागि आप्रवासी कामदार भित्राइने बताएका छन् ।

मलेसियामा आयोजित २० औ मानव शंसाधन विकास अवार्ड कार्यक्रममा बोल्दै मन्त्री सिभाकुमारले मलेसियाको उत्पादन, निर्माण, सेवा र कृषि तथा पशुपालन क्षेत्रका लागि कामदार भित्राइने बताएका हुन् । “हाम्रो तथ्यांक अनुसार यि मुख्य पाँच क्षेत्रमा तत्काल ५ लाख आप्रवासी कामदारको आवश्यकता छ । आवश्यकता अनुसार अन्य कामदारको पनि थप गरिनेछ । तर, दुई लाख ४० हजार भन्दा कम हुनेछैन,” उनले भने ।

मन्त्री सिभाकुमार अनुसार मलेसिया सरकारले विभिन्न १५ वटा मुलुकबाट आप्रवासी कामदार भित्राइनेछ । यसका लागि सरकारले प्रक्रिया शुरु गरेको छ । कामदार चरणबद्ध रुपमा भित्राइने भएको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालबाट एक लाख ४२ हजार ४४५ कामदार मलेसिया रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनमा २२ हजार ३७५, भदौमा ३३ हजार २०, असोजमा २४ हजार ४८६, कार्तिक २५ हजार ३७४, मंसिर २० हजार ४१५ र पुसमा १६ हजार ७७५ नेपाली कामदार मलेसिया गए ।

मलेसियन सरकारले गत मे देखि लागू हुने गरी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । कामदारको पारिश्रमिक वृद्धि १२०० देखि १५०० रिंगेट (४५ हजार) पु¥याएको छ । मलेसियन सरकारले लामो समय पछि पारिश्रमिक वृद्धि गरे पछि आप्रवासी कामदारको आकर्षण बढेको हो । मलेसियामा तीन लाख भन्दा बढी नेपाली कामदार रोजगारीमा छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment