ट्वीटरको लोगो अंकित मूर्ति लिलामीमा

०५ माघ, काठमाडाैं । सामाजिक सञ्जाल ट्वीटरको लोगो अंकित नीलो चराको मूर्ति लिलामीमा राखिएको छ ।

लिलामीको न्युनतम मूल्य १ लाख डलर अर्थात् १ करोड ३० लाख नेपाली रुपैयाँ तोकिएको छ ।

ट्वीटरको लोगो अंकित नीलो चराको मूर्ति लिलामीमा राखेपछि विश्वभरका मानिसहरुले अनेकन टिप्पणी गरिरहेका छन् । अधिकांश मानिसहरुले कम्पनी घाटामा गएको र लोगो अंकित मूर्ति, कफी मेसिन, कन्फेरेन्स कल स्पीकर, काठको टेकल लिलामीमा राखेको बताएका छन् ।

मूर्ति लिलामीमा राख्नु अघि ट्वीटरले ला मर्जक्को स्ट्राडा ३ एक्प्रेसो कफी मेसिन लिलामीमा राखेको थियो । कम्पनीले पोलिक्याम कन्फेरेन्स कल स्पीकर, र कन्फेरेन्स रुमको काठको टेबल पनि लिलामीमा राखेको थियो ।

सन् २०२२को अक्टोबर महिनामा एलन मक्सले ४४ बिलियन डलरमा ट्वीटर अधिग्रहण गरेका थिए। उनले ट्वीटरको व्यवस्थापन सम्हालेसँगै ट्वीटरको आम्दानीमा भारी गिरावट आइरहेको छ । निरन्तर रुपमा घाटा बढ्दै गयो भने कम्पनी टाट पल्टिने मक्सले बताएका छन् ।

तथापि मूर्ति लिलामीमा आएपछिको मानिसहरुका टिप्पणीलाई सम्बोधन गर्दै मक्सले लोगा अंकित मूर्ति, कम्प्युटर तथा फर्निचर बेच्दैमा घाटा व्यवस्थापन हुन्छ भनेर कसैले सोच्छ भने उ मूर्ख रहेको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment