मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ माघ १५ गतेदेखि निष्काशन हुँदै

०५ माघ, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ माघ १५ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि प्रति सेयर १०० रुपैयाँ दरमा ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता सेयर बिक्री खुला हुनेछ ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थातसाधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नम्बर ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता शेयर बाँडफाँट गरिनेछ भने प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नम्बर १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

कहाँबाट कसरी दिने आवेदन ?

स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्क जततउकस्ररष्उयबउउथि।उचबदजगअबउष्तब।िअयm मार्फत पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

उता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका लागि रेमिट्यान्स खाता खोलेर त्यसमा आफू कार्यरत रहेको मुलुकबाट पछिल्लो ६ महिना यता ५० हजार रेमिट्यान्स पठाएको हुनुपर्ने व्यवस्था छ ।

आईपीओमा स्थानीय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओ माघ २९ गते निष्कासन बन्द हुनेछ । स्थानीयको हकमा सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा ढिलोमा फागुन १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment