मंसिरमा ९८ हजार विदेशी नेपाल भित्रिए, ६८ विदेशीलाई ‘डीपोट’

०३ माघ, काठमाडाैं । गत मंसिर महिनामा मात्रै विभिन्न भिसामा ८९ हजार ६६२ विदेशी नागरिक नेपाल भित्रिएका छन् । कोभिड संक्रमणको प्रभाव कम हुँदै गए पछि नेपाल भित्रने विदेशी नागरिकको संख्या पनि बढ्दै गएको हो ।

अध्ययागमन विभागको तथ्यांक अनुसार मंसिरमा पर्यटक भिसामा ८७ हजार ३०० विदेशी नागरिक नेपाल भित्रिए । विजनेश भिसामा ३२७, ट्रान्जिट भिसामा १८९, विवाह भिसामा १५६, विद्यार्थी भिसामा १६७, रेसिडेन्टल भिसामा ३, गैरआवासीय नेपाली भिसामा ३००, नातेदार भिसामा ४७७, काम गर्ने भिसामा ४३५, अफिसियल भिसामा १३७, अनुसन्धानका लागि २६ विदेशी नागरिक नेपाल भित्रिएका छन् ।

गत कार्तिक महिनामा भने ६१ हजार ८६६ विदेशी नागरिक नेपाल भित्रिएका छन् । जसमधये पर्यटक भिसामा ५९ हजार ९९८ विदेशी नागरिक नेपाल आएका छन् । विजनेश भिसामा २८२, ट्रान्जिट भिसामा ७६, विवाह भिसामा १२७, विद्यार्थी भिसामा ३६, गैरआवासीय नेपाली भिसामा २३५, कामको भिसामा १४५ लगायतका भिसामा नेपाल भित्रिएका हुन् ।

त्यस्तै, नेपाल सरकारले मंसिर महिनामा ६८ जना विदेशी नागरिकलाई निकालेको छ । कार्तिक महिनामा भने ३२ जनालाई मुलुकबाट निकालेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment