सुनको भाउ रेकर्ड नजिक पुगेर फर्कियो

०३ माघ, काठमाडाैं । सुनको मूल्य रेकर्ड नजिक पुगेर फर्किएको छ ।

माघ २ गते तोलामा २०० रुपैयाँले बढेर सोमबार रेकर्ड मूल्यभन्दा ३०० रुपैयाँ तल अर्थात १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने तोलामा १०० रुपैयाँले भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज माघ ३ गते मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा पछिल्लो समय सुनको भाउ आकाशिँदै गएको छ । अर्कोतर्फ पेट्रोलियम पदार्थको उत्खननमा प्रयोग हुने पेट्रोलियम पदार्थको भाउ बढ्दा पनि सुनको लागत बढ्दो रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तोकिएको सुनचाँदीको मूल्यका आधारमा महासंघले नेपालमा सुन र चाादीको मूल्य निर्धारण गर्ने गर्छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४.१८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalPolitic
Comments (0)
Add Comment