हवाई सुरक्षाको प्रष्ट योजना ल्याउन सरकारसँग राप्रपा अध्यक्ष लिङ्देनको माग

०२ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हवाई सुरक्षाको प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन्।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको एएनसी एटीआर–७३ विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त माग गरेका हुन्।

उनले दुर्घटनाबाट अत्यन्तै दुखित र मर्माहत भएको भन्दै नेपाली आकाशमा बारम्बार भइरहेका दुर्घटनाको कारणहरुबारे विस्तृत अध्ययन, अनुसन्धानका साथै आगामी दिनमा दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

उनले हवाई सुरक्षाको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारसँग माग गरेका छन्। साथै दुर्घटना जाँचबुझका लागि गठित आयोगले प्रभावकारी छानबिन गर्नेमा विश्वास व्यक्त गरेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment