सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

०२ माघ, काठमाडौं । सोमबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले भोलि १० बजे बस्नेगरी आजका लागि बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिए।

उनले विशेष कारणले बैठक स्थगित गरिएको बताए। आज बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो। स्थगित भएको बैठक प्रथम अधिवेशनको चौथो बैठक हो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment