पोखरा विमानस्थलका अन्य सबै उडान बन्द 

०१ माघ, काठमाडौं । विमान दुर्घटनामा परेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजका लागि सबै उडानहरु स्थगित गरिएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरा विमानस्थलका सबै फायर भेइकल उद्धारका लागि पठाएका कारण आज पोखराका लागि निर्धारित गरिएका सबै उडानहरु रद्ध गरिएको जानकारी दिए।

आज बिहान १०.२५ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो।

दुर्घटना भएको विमानमा १५ जना विदेशीसहित ६८ यात्रु थिए। अहिलेसम्म ३० भन्दा बढीको शव निकालिएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment