दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

०१ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

पोखरामा विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । उनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाईन्सको एटीआर ७२ जहाज दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए । विमानस्थलमा अवतरण गर्नेक्रममा पोखराको सेती खोचमा जहाज दुर्घटनाग्रस्थ भएको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment