आजको मौसम : हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

०१ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भू-भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment