कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, घट्यो लाभांश

२६ पुस, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद लाभांश सहित कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी बैंकले अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ । बैंकमा सरकारले ५ अर्ब ४३ करोड रुपैयाँ अग्राधिकार सेयर वापत लगानी गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७७।७८ बाट बैंकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको सो लाभांश अघिल्लो आवको तुलनामा ८.०५३ प्रतिशत बिन्दु कम हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment