सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता-गठबन्धनलाई समर्थन दिने

२६ पुस, काठमाडौं । सुदूरपश्चिम सरकार निर्माणका लागि रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ। उक्त प्रदेशमा उन्मुक्तिको ७ सिट रहेको छ।

सुदूरपश्चिममा नेकपा एमालेको १०,माओवादी केन्द्र ११ ,एकीकृत समाजवादी ४ र स्वतन्त्र १ र नेपाली कांग्रेस १९ सिट रहेको छ।

मुख्यमन्त्रीका लागि निर्णायक बनेको उन्मुक्तिले प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेबाट मुख्यमन्त्रीका दावेदार राजेन्द्र रावललाई सहज भएको छ। उनले मंगलबार सरकारको दावी पेस गर्ने तयारी गरेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment