घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ १८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा घटेको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ७८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४२ पैसा पाइन्छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९० रुपैयाँ ७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा पाइन्छ।

Esewanic
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३० रुपैयाँ १२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ५० पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८४ पैसा तोकिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment