कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा सिटौला पक्षका उद्धब थापा विजयी

१५ पुस, काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धब थापा विजयी भएका छन्। प्रतिस्पर्धी २ जना उम्मेदवारलाई पराजित गर्दै थापा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसको प्रदेश १ कार्यसमिति सभापति समेत रहेका थापा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। प्रदेश संसदीय दलको नेताका लागि थापासँगै केदार कार्की र अमृत अर्याल प्रतिस्पर्धी थिए।

पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलानिकट मानिने थापा १८ मत ल्याउँदै विजयी भए। केदार कार्कीले ९ मत ल्याए भने अमृत अर्यालले २ मत पाए। कार्की नेता शेखर कोइराला पक्षका हुन् भने अर्याल सभापति शेरबहादुर देउवानिकट हुन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment