कोभिडका कारण जापानमा एकै दिन ४१५ को ज्यान गयो

१४ पुस, काठमाडौं । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको ज्यान गएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै भएको यहाँका अधिकारीले जनाएका छन् ।


अघिल्लो दिन कोभिडले २७१ जनाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले जनाएको छ । देशभरीमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पूष्टि भएको थियो । अघिल्लो दिनको तुलनामा यो १३ हजार ३५६ ले बढी हो । राजधानी टोकियोमा बुधबार २० हजार २४३ जना नयाँ संक्रमित थपिएको सञ्चारमाध्यमले जनाएका छन् ।


देशभरमा आईसीयू, भेन्टिलेटर वा ईसीएमओ मुटु फोक्सो यन्त्रमा राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना रहेका छन् । टोकियोमा कोभिडका गम्भीर बिरामी घटेर ४९ मा झरेको यहाँको सरकारले जनाएको छ । संक्रमण दर बढ्दैगएकाले सचेत रहन सरकारले सर्वसाधारणमा आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment