राष्ट्रपतिद्वारा जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

१४ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment