माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

१३ पुस, काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४८ रुपैयाँका दरले आईपीओ निष्कासनका लागि अनुमति मागेको हो ।

कम्पनीले कुल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ जारी गर्नका लागि पुस ११ गते सेबोनमा निवेदन दिएको हो । बोर्डले अनुमति दिएमा हाइड्रोपावरले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न सेबोनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्कासन गर्नेछ । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत उत्पादन सुरू गरिसकेको छ । आयोजनमा ४ अर्ब २५ करोड लगानीमा निमार्ण भएको हो । यसको लागत प्रतिमेगावाट लगानी १८ करोड १० लाख छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment