देश घुमीफिरी मध्यावधितिर जाने सम्भावना छ : केपी ओली

०९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधितिर जाने सम्भावना रहेको बताएका छन्। शनिबार एमालेको प्यूठान-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले सो सम्भावना देखाएका हुन्।

समयमा कदम नचालेका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको उनको भनाइ थियो। ‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने सम्भावना छँदैछ। जाँदैन भन्न सकिँदैन’, उनले भने।

ओलीले स्वार्थको टकरावले सरकार गठन नै हुन नसकेको बताए। उनले एमालेसँग मात्रै दलगत स्वार्थ नभएको दाबी पनि गरे।

‘एमालेको राष्ट्रिय स्वार्थबाहेक दलगत स्वार्थ छैन। तसर्थ दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ, राष्ट्रको हित, जनताको हित, विकास आकांक्षा, जनताको समस्याको सम्बोधनलाई केन्द्रभागमा राखेर सोचिरहेको छ, सत्ता र सरकारलाई होइन’, उनले भने।

उनले एमाले सत्ता पक्ष वा प्रतिपक्ष जहाँ रहे पनि देश र जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने बताए।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment