मंसिर ४ गतेको निर्वाचनका लागि जारी आचारसंहिता सोमबारदेखि लागू नरहने निर्वाचन आयोगको निर्णय

२६ मंसिर, काठमाडौं । मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहिता आज (सोमबार)देखि लागू नरहने भएको छ। असोज १२ गतेदेखि देशभर लागू भएको निर्वाचन आचारसंहिता सोमबारदेखि लागू नहरने निर्वाचन आयोगले जनाएको छ।

मन्त्रिपरिषद्‌को भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम निर्वाचन आचारसंहिता लागू भएको थियो।

आचारसंहिता लागू नरहने निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ।

आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को अन्तिम नतिजा मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment