सिरहामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु, एक घाइते

२३ मंसिर, काठमाडौं । सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

लहान नगरपालिका–३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–२३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए ।

घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो । बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो ।

सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment