चीन–जापान सहकार्यमा चिनियाँ विदेशमन्त्री वाङको जोड

२२ मंसिर, काठमाडाैं । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति चीन र जापानले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले १८ औँ बेइजिङ–टोक्यो फोरमको उद्घाटन समारोहमा बुधबार भिडियो सम्बोधन गर्दै एसियाको विकास र पुनरुत्थानका लागि दुवै देशले संयुक्त रूपमा मिलेर काम गर्नुपर्ने बताए ।

यो वर्ष चीन–जापान कूटनीतिक सम्बन्ध कायम भएको ५० औँ तथा आगामी वर्ष चीन–जापान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको ४५ औँ वर्षमा प्रवेश गर्ने सन्दर्भमा विदेशमन्त्री वाङले दुबै पक्षले यी वार्षिकोत्सवका अवसरलाई द्विपक्षीय सम्बन्ध अझ दिगो र स्थिर बनाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाँचबुँदे सुझाव पनि प्रस्तुत गरे ।

चीन र जापानले एकअर्कालाई विश्वासका साथ सम्मान गर्दै राजनीतिक प्रतिबद्धतामा अडिग रहनुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिए । उनले द्विपक्षीय सम्बन्ध राजनीतिक आधारशिलामा टिकेको इतिहासतर्फ इङ्गित गर्दै ताइवान लगायत प्रमुख एवं संवेदनशील मुद्दालाई विशेष रूपमा सम्हाल्नुपर्ने बताए । चीन र जापानले पनि एकअर्कालाई सहयोग गर्नु आवश्यक भएको उनको कथन थियो ।

चीनले गुणस्तरीय विकासलाई प्रवद्र्धन, खुलापन विस्तार र विकासको नयाँ ढाँचालाई बढावा दिने बताउँदै चीनको साझा विकास र समृद्धिका प्रयासले ल्याएका अवसर साझा गर्न जापानलाई स्वागत छ भनेका छन् । विदेशमन्त्री वाङले दुई पक्षले एकअर्कालाई इमानदारीपूर्वक व्यवहार गर्नुपर्ने तथा शान्तिपूर्ण सहअस्तित्वका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment