अब उडिरहेको जहाज भित्रबाटै फोन गर्न र इन्टरनेट चलाउन पाइने

२० मंसिर, एजेन्सी । अब उडिरहेको जहाजबाटै यात्रुहरूले फोन गर्न र इन्टरनेट चलाउन पाउने भएका छन् । बीबीसीका अनुसार युरोपियन युनियन (ईयू) मा आवद्ध राष्ट्रभित्र उड्ने विमानका यात्रुहरूले विमानभित्रै फोन चलाउन पाउने भएका हुन् ।

अहिलेको नियमअनुसार यात्रुहरूले विमान चढ्नु अघि मोबाइललाई ‘एरोप्लेन मोड’मा राख्नुपर्छ । यसरी मोबाइललाई एरोप्लेन मोडमा राख्दा कसैलाई फोन गर्न मिल्दैन । र, फोन पनि आउँदैन । त्यस्तै इन्टरनेट पनि चल्दैन ।

अब भने नयाँ व्यवस्था लागू हुने भएको हो। तर यो कसरी कार्यान्वयन हुन्छ भन्नेबारे पूर्ण जानकारी सार्वजनिक भएको छैन । तर युरोपेली आयोगले ती विमानमा ५–जी प्रविधिको व्यवस्था गर्ने बताएको छ ।

हालसम्मको जानकारी अनुसार ईयूका राष्ट्रहरूलाई सन् २०२३ को जुन ३० भित्र विमानमा ५–जी फ्रिक्वेन्सी ब्यान्ड उपलब्ध गराउन निर्देशन दिएको छ । ईयूले उक्त पहलसँगै यात्रुको सुविधा थप हुने र इयू राष्ट्रहरूको विकासमा पनि मद्दत मिल्ने विश्वास राखेको छ।



मल्टिमिडिया ग्यालरी

Coronavirusdigital khabarnepalPolitic
Comments (0)
Add Comment