एनएमबी बैंकले गर्‍यो नगद लाभांश घोषणा

२० मंसिर, काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश मात्र दिने घोषणा गरेको हो।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनएमबीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ।

एनएमबीले अघिल्लो आर्थिक वर्ष २०७७/०७८मा भने १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment