पत्रकार एलनमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

१९ मंसिर, काठमाडाैं । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको संगठनले जनाएको हो ।

महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिब २० / २२ जनाको जत्थाले गए राति उहाँमाथि आक्रमण गरेको हो ।

पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’ संगठनले घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment