समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना हुँदा कुन दलको कति मत? 

१९ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ४ लाख २० हजार मतगणना भएको छ।

जसमा २७ लाख ८८ हजार मत ल्याउँदै नेकपा एमाले पहिलो स्थानमा रहेको छ। यस्तै २६ लाख ६० हजार मतसहित कांग्रेस दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार मत प्राप्त गरेको छ।

समानुपातिकतर्फ माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत पाउँदा राप्रपाले ५ लाख ८६ हजार र जसपाले ४ लाख २० हजार मत पाएको छ। यस्तै नयाँ दर्ता भएर निर्वाचनमा होमिएको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार मत प्राप्त गरेको छ।

यस्तै राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत पाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment