राजधानीको खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीबासीकाे खानेपानी समस्या छिटाे समाधान हाेस् भनेर आफूहरू लागिपरेकाे बताएका छन्।

बहुप्रतिक्षित मेलम्ची खानेपानी परियाेजना किन सुरु हुन सकेन भनेर आफूहरू खानेपानी मुहानमै पुगेर आएकाले केही व्यावहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउन प्रधानमन्त्रीसँग पहल गर्ने समेत उनले बताएका छन्।

शनिबार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘यहाँ सुकुम्बासीहरूको पनि समस्या देखिएको छ। अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ। आयोगले दिएको सुझावअनुसार हामीले छिट्टै सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उनले भने।

काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तत्पर रहेको बताए।

उनले आफूसँग प्रधानमन्त्री बनेर काम गर्नसक्ने ‘कन्फिडेन्स’ भएको पनि बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment